काभ्रे,
लायन्स क्लव अफ काठमांडौ फेलोसिप ३२५ ले रोशी गाउँपालिकाका विद्यार्थीलाई न्यनो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हिजो (सोमबार) रोशी उद्योग वाणिज्य संघको पहलमा लायन्स क्लव अफ काठमाडौ फेलोसिप ३२५ ले वडा न ६ र वडा न ९ मा अवस्थित विद्यालयका एक सय भन्दा बढि विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो । रोशी–९ पिन्थलीमा अवस्थित महाकाली देवी कर्मोदय प्राथमिक विद्यालयमा अध्ययनरत ३५ जना र रोशी–६ कालीदेवी अधारभुत विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरीएको हो ।
कार्यक्रममा बोल्नुहुदै क्लबका संस्थापक अध्यक्ष कृष्ण ज्योति शाक्यले आजको विद्यार्थी भोलिको कर्णधार भएकाले शिक्षामा कमी आउन दिनु नहुने बताउनुभयो । गुणस्तरीय शिक्षामा चिसो मौसममा न्यानो कपडाले पनि अर्थ राख्ने भएकाले न्यानो कपडा वितरण गरेको उहाँको भनाइ छ । उहाँले शैक्षिक सामग्री अभावको कारण कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।
त्यसैगरी रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बलले संघको पहलमा विद्यार्थीहरुका लागि न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेकोमा क्लवलाइ आभार व्यक्त गर्नुहुदै आगामी दिनमा पनि सहयोगहरु निरन्तरताको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लबका क्लस्टर प्रमुख लक्ष्मी महत, अन्तर्राष्ट्रिय सदस्यता सभापति मेघज्योती शाक्य, क्लबका अध्यक्ष हिरा आले, रोशी उद्योग वाणिज्य संघका महासचिव बिकाश दोङ, लक्ष्मी लामा लगायतको उपस्थिति रहेको थियो ।