काभ्रे,रेडियो रोशी,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले पालिकाभित्रका पशुपालक किसानहरूलाई लक्षित गर्दै पशु प्रजनन सेवालाई थप प्रभावकारी बनाउन पशु सेवा शाखालाई कृत्रिम गर्भाधान उपकरण वितरण गरेको छ। आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले पालिकाको पशु सेवा शाखामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले कृत्रिम गर्भाधानका लागि एआई गन १ पिस, एआई सिथ, स्ट्र कटर २ पिस, थर्मोमिटर १३ जना प्राविधिकहरूलाई एक एक पिस, एआई ग्लब्स २ प्याकेट, एआई गमबुट शाखाका १३ जना प्राविधिकहरूलाई एक एक सेट र तरल नाइट्रोजन १ पिस हस्तान्तरण गर्नुभएको हो । लगभग ८० हजार बराबरको उपकरण वितरण गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखा प्रमुख डाक्टर आयुस्मा पौडेलले जानकारी दिनुभयो ।

उपकरण वितरण गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले यो पहलले पशुपालक किसानहरूको व्यावसायिकतामा ठुलो सहयोग पु¥याउने बताउनुभयो । कृत्रिम गर्भाधानका कारण उन्नत नश्लका पशुहरूको संख्या बढ्दा दूध तथा मासु उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

यस उपकरणले क्षेत्रस्तरमा पशु प्रजनन सेवा प्रभावकारी, समयमै र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने पालिकाको पशुपन्छी विकास शाखा प्रमुख डाक्टर आयुस्मा पौडेलले बताउनुभयो । उन्नत नश्लका पशु उत्पादनमा ठुलो सहयोग पुग्ने बताउनुहुदै किसानहरूको आर्थिक अवस्थामा पनि सुधार आउने उहाँले रेडियो रोशीसँग बताउनुभयो ।













