काभ्रे,
तेमाल गाउँपालिकामा बस दुर्घटना हुँदा १ जनाको निधन भएको छ । गाउँपालिकाको वडा नं ३ कुन्डोलमा आज विहान ५ः४० बजे भएको समयमा विवाहको जन्ती पुर्याएर फर्किएको बस दुर्घटना भएको हो । ना ४ ख ८८१७ नम्बरको बस मोड नपुगेर ब्याक गर्ने क्रममा खसेर दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा बसका साहु तेमाल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय राम सिं तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी एवं सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिनुभयो । बसमा बसका साहु, चाकल र सहचालक मात्रै सवार थिए ।
दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।