Saturday, March 14, 2026
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन २७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाको ९औँ स्थापना दिवसको अवसरमा पाँच जना कर्मचारी पुरस्कृत भएका छन् । स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका कर्मचारीमध्ये कार्यसम्पादनमा उत्कृष्ठ काम गरेको भन्दै ५ जनालाई पुरस्कृत गरेका हुन् ।

You might also like

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट रोशी सेवा पुरस्कारबाट सूचना अधिकारी प्रकाश पौडेल, रोशी सेवा पुरस्कारबाट सिनियर अ.न.मी कल्पना कुमारी किंरिङ मगर, खानेपानी प्राविधिक जित बहादुर तामाङ, वडा नं. ६ की वडासचिव सुजता मैनाली र रोशी दीर्घ सेवा पुरस्कारबाट कर्मचारी कविराज मैनाली पुरस्कृत भएका छन् । उनीहरुलाई नगद १५ हजार, सम्मानपत्र, मेडल र दोसल्लाले सम्मान गरेका थिए ।

त्यसरी नै तहबृद्धि भएका कर्मचारीहरुलाई पनि दोसल्लाले सम्मान गरेका छन् । सातौँबाट आठौँमा बृद्धि भएका शिक्षा शाखा प्रमुख ठकुर प्रसाद दाहाल, पाँचौबाट छैठौँमा तह बद्धि भएकी आन्तरिक लेखापरिक्षक चन्द्रावती श्रेष्ठ, पाँचौबाट छैठौँ भएका वडा नं. २ का वडासचिव तोरण राना, चौथोबाट पाँचौ भएका मधुसुदन पन्थी, सुनिल शाही र सुनिता कुमारी बस्नेतलाई सम्मान गरेका हुन् । गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले दोसल्ला, मालाले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले रोशी गाउँपालिकाका स्थापना कालदेखि सहयोग गर्ने महानुभावहरुलाई र पहिलो कार्यकालका जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएबमोजिम गाउँपालिका स्थापना भएपछि जनप्रतिनिधहरु र कर्मचारीहरुको योगदानले नै आजको रोशी बनेको लामाको धारण थियो । अध्यक्ष लामाले पुरस्कृति हुने र सम्मानित हुने कर्मचारीहरुलाई हार्दिक बधाई व्यक्त गर्दै उत्कृष्ठ रोशी निर्माणमा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष मिमबहादुर वाइबाले स्थानीय सरकारलाई अझै पनि संघ सरकारले नियन्त्रण गरीरहेको बताए । संघीय सरकारले हात खुट्टा बाधेर अधिकार दिएको वाईबाले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले जनप्रतिनिधि र कर्मचारीहरु एक अर्कामा बिश्वास भएन भने अगाडि बढ्न नसकिने धारणा व्यक्त गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारी नङ र मासुको सम्बन्ध भएको बताउदै एक आपसमा मिलेर काम गरेमा उत्कृष्ठ सेवा दिन सकिने बताउनुभयो ।

रोशी गाउँपालिकाका प्रवक्ता वसन्त कुमार तामाङले जिल्ला र देशकै उत्कृष्ठ पालिका हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी दुवैले आ–आफ्नो ठाउँबाट आफैलाई मूल्यांकन गरी नागरिकको सेवामा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

बरिष्ठ लेखा अधिकृत दण्डपानी पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा झण्डोत्तोलन, स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

Previous Post

पार्टीको नेताबाट धम्की आएको भन्दै अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले दियो सामूहिक राजीनामा

Next Post

सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

RadioRoshi

RadioRoshi

Related Posts

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

आइतवार, फाल्गुन २०, २०८०
दुई दिनको अवधिमा देसका बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु

दुई दिनको अवधिमा देसका बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु

शनिबार, पुस २८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.