काभ्रे,
प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरेर जनआन्दोलन दिवस मनाइँदै छ । २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनस्र्थापना भएको थियो । नेपाली काँग्रेस नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । काँग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।
२०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनस्र्थापना भएको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । आज राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायले औपचारिक तथा अनौपचारिक कार्यक्रम गर्दैछन् ।