काभ्रे,
रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान शुरु भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन छुटेकाहरुको लागि पुनः वडा वडामा दर्ता गर्ने कार्यको ७ नं वडाबाट शुभारम्भ गर्नुभएको हो । हिजो ७ नं वडाबाट शुभारम्भ गरीएकोे अभियान गाउँपालिकाको १२ वटै वडामा पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गरीने बताईएको छ । उक्त अभियानमा आर्थिक बर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम पनि वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।
अभियान अन्तर्गत आज बैशाख ३ गते वडा न २ को वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गरीदै छ । त्यसैगरी भोलि ४ गते वडा नं. १ मा, ५ गते वडा नं. ३ मा, ७ गते वडा नं. ४ मा, ८ गते वडा नं. ५ मा, ९ गते वडा नं. ६ मा, १० गते वडा नं. ८ मा, ११ गते वडा नं. १० को वडा कार्यालयमा दर्ता अभियान सञ्चालन हुने छ ।
त्यस्तै १२ गते वडा नं. ९ मा, १५ गते वडा नं. ११ मा र १६ गते वडा नं. १२ मा दर्ता अभियान सञ्चालन हुने बताएका छन् । सबै वडामा एक पटक पुगेपछि पनि कुनै कारण छुट्न पुगेमा १७ गते गाउँपालिकामा मौका दिईने जनाईएको छ । दर्ता अभियानको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २ जना र गाउँपालिकाबाट कर्मचारीहरु खटिएका छन् ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागी आवश्यक कागजातहरुः
१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
२. नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र ।
३. नागरिकता प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसाँईसराई प्रमाणपत्र भएको कागजात ।
४. विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र (सक्कल) वा पतिपत्नी भएको प्रमाणित हुने कागजात ।
५. श्रीमान वा श्रीमतीको मृत्यु भएको भएमा मृत्यु दर्ता प्रमाणपत्र सक्कल ।
सामाजिक सुरक्षाभत्ता लिनको लागि आवश्यक कागजातहरुः
१. नागरिकता र सामाजिक सुरक्षा लाभाही परिचयपत्र ।
२.MANDATE को हकमा नागरिकता (सक्कल र फोटोकपी) तथा वडा कार्यालयको सिफारिस ।