राजन दाहाल–जेठ ४,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले निम्न आयस्तर भएका गाउँपालिका बासीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

मंगलबार गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले एक विज्ञप्ति जारी गर्दै विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकाले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको बताए । आर्थिक समस्या भएकै कारण संक्रमित गाउँपालिकाका नागरिक अस्पताल वा आइसोलेसन केन्द्र सम्म जान नसक्ने भएमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने विज्ञप्तिमा भनिएको छ ।

हाल रोशी गाउपालिकामा ३ वटा एम्बुलेन्स सन्चालनमा रहेका छन् । गाउँपालिकाले भौगोलिक हिसाबले सबै नागरिकलाई सहज पहुँच होस् भन्ने उदेश्यले उक्त एम्बुलेन्सहरु वडा नम्बर १, ५ र ११ मा संचालन भईरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठले जानकारी दिए । रोशी गाउँपालिकामा सोमबार सम्मको तथ्याङ्क अनुसार २५ जना कोरोना भाईरसका सक्रिय सङक्रमित छन् ।

Facebook Comments Box