काभ्रे,
यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने २ सय १८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने राइडरहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ जस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य भएका थिए ।