काभ्रे,
आज बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधरणतया बदली रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले आज बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।