काभ्रे,
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई नेपाल प्रहरीले हिरासतमा लिएको छ । आज माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।
स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।













