काभ्रे,
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । पकुचादेखि जिपलाइनसम्मको क्षेत्रमा समेत गाडी गुड्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरो र हिलोका कारण यो क्षेत्र सबैभन्दा बढी जोखिम युक्त बनेको हो ।
सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।