काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा भएको छ। उहाँ रक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौँमा सरुवा हुनुभएको हो । रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा अब सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी आउनुहुने भएको छ ।
२०८१ साउन ३२ गतेदेखि रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भाल्नुभएको उहाँले पन्ध्र महिनाको कार्यकाल पूरा गरी सरुवा हुनुभएको हो । भोलि एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनालाई बिदाइ एवं फेरि भेटौला कार्यक्रम तथा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीलाई स्वागत गरिने बताईएको छ ।









