काभ्रे,
रोशी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समीक्षा तथा २०८२/८३ को चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा पालिकाको बार्षिक प्रगती समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले आर्थिक बर्ष २०८१/०८२को प्रगती विवरण प्रस्तुत गर्नुभेको थियो । यो अवधिमा गाउँपालिकाले आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत, सामाजिक बिकासमा ८७ दशमलव ३६ प्रतिशत, पूर्वाधार बिकासमा ७३ दशमलव ३१ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापनमा ९५ दशमलव ०४ प्रतिशत र सुशासन तथा संस्थागत बिकासमा ७७ दशमलव ६७ प्रतिशत प्रगती भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमकै अवसरमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक इश्वर कार्कीले नागरिक सुनुवाइ अन्तर्गत इलाका प्रहरी कार्यालयको प्रगती बारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाईमा प्रस्नकर्ताहरुले बिपद ब्यबस्थापनमा बजेट बढाउनपर्ने, टुटेका सडक संजालहरु तत्काल मर्मत गर्न पर्ने , नागरिकता सच्याउन मिल्ने वा नमिल्ने, नागरिकता कस्तो कस्तो हकमा नपाइने जस्ता प्रस्नहरु राखेका थिए ।
जवाफ दिनुहुदै गाउँपालिका अध्यक्ष लामाले विपदमा किसानको दुग्ध धुवानी हुने जस्ता सडकहरुलाई तत्कालन पुनःनिर्माण गर्ने, कर्मचारी पर्याप्त नभएकाले ओ एन एम पुनःबिचार गर्ने, समृद्ध रोशी भनेको यहाँको जनताले समयमै सेवा पाउनु हो भन्दै त्यस तर्फ लागि परेको बताउनुभयो । रोशी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा ६० बर्षभन्दा माथीका नागरिकको परिवारकै पालिकाले निःशुल्क स्वास्थ्य विमाको सुबिधा दिएको स्मरण गराउनुहुदै उहाँले सुत्केरी आमा, पोषिलो खाना कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन भैरहेको जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले योजना कार्यान्वयन गर्दा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कागजात पुर्याउने क्रममा सेवाग्राहीलाई दुख दिएको जस्ते भएपनि सकेसम्म सेवाग्राहीलाई सहज हुनेगरी कामभएपनि सकेसम्म सेवाग्राहीलाई सहज हुनेगरी काम गर्न र जिल्ला प्रशासन कार्यलाय काभ्रेले त्यसरी नै अगाडी बढेको उहाको भनाई छ । पञ्चिकरणमा नाम सच्याउन एक पटकलाई मौका दिएकाले केही गल्ती कामजोरी भएमा सच्याउन अनुरोध गर्नुहुदै पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता घरमै पुर्याउने उहाले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले बर्षा पछिको बाढीपहिरोले थलापारेको रोशी भन्दै बिस्तारै उठ्दै गरेको बताउनुहुदै पुनःनिर्माणमा सबैले हातेमालो गरेर समृद्ध रोशी निर्माणमा जुटेको उहाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी उपरिक्षक कोमल शाहले नागरिकको जुनसुकै समस्यामा प्रहरी अग्रपंतीमा उभिएर निरन्तर सेवा दिइरहेको बताउनुभयो ।
त्यसैगरी रोशी गाउँपालिकाबाट रक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौँमा सरुवा हुनुभएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनालाई बिदाइ तथा नया आउनुभएको प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीलाई स्वागत गरिएको छ । २०८१ साउन ३२ गतेदेखि रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भाल्नुभएको उहाँले पन्ध्र महिनाको सफल कार्यकाल पूरा गरी सरुवा हुनुभएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक मादव रेग्मी, गाउँपालिकाका वडाध्यक्षहरू, कर्मचारीहरू, स्थानीयहरू, प्रहरीहरू लगायतको सहभागिता रहेको थियो ।










