जेठ २६,
२०७८,काभ्रे/

काभ्रेमा आज १३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आजै जिल्लामा ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । पिसिआर परिक्षणबाट ७१ जना र एन्टीजेन परिक्षणबाट २६ जना गरी जम्मा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा आज १७ जना पुरुष र १० जना महिला, पनौती नगरपालिकामा १३ जना महिला र १० जना, पुरुष पाँचखाल ३ जना पुरुष, धुलिखेल नगरपालिकामा ४ जना महिला र ३ जना पुरुष, भुम्लु गाउँपालिकामा महिला र पुरुष १/१ जना, चौरीदेउराली गाउँपालिकामा महिला र पुरुष २/२ जना, तेमाल र बेथानचोक गाउँपालिकामा २/२ जना महिला, मण्डनदेउपुर नगरपालिकामा एक जना महिला संक्रमित भएका छन् ।

यस्तै एन्टीजेनबाट खानीखोला गाउँपालिकामा २ जना पुरुष, नमोबुद्ध नगरपालिकामा एकजना पुरुष र एक जना महिला, महाभारत गाउँपालिकामा १६ जना महिला र ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो सँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९४२ रहेको छ । यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार १५३ पुगेको कार्यालयले जनाएको छ । यस्तै आज जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। बेथानाचोक गाउँपालिकाका ९१ वर्षीय महिलाको होम आइसोलेसनमा उपचार गरिरहेको अवस्थामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यसैगरी ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ। आज जिल्लाभरका विभिन्न पालिकाको विभिन्न खोप केन्द्रमा गरी जम्मा ३ हजार २४ जनाले खोप लागेका छन् ।

Facebook Comments Box