काभ्रे,रेडियो रोशी,
भारतको आशाममा सम्पन्न “चौथो इन्टरनेसनल ओपन फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप” मा नेपाली टोलीले उच्च सफलता हासिल गरेको छ। नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोसिएशन (एफ.आई.के.के) को तर्फबाट सहभागी खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै देशको नाम उच्च राखेका हुन् ।
प्रतियोगिताको सामूहिक समुद्घाटन कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधि सिहान केशव देसार र सिहान गणेश प्रसाद चौधरीद्वारा पानसमा दीप प्रज्वलन गरिएको थियो ।
दुई दिन सञ्चालन भएको प्रतियोगितामा नेपालबाट सहभागिता जनाएका (एफ.आई.के.के) बाट सिनियर कातामा समर्पण देसार प्रथम, ५५ केजी तौल समूहमा अर्पित मोक्तान प्रथम, ५० केजी तौल समूहमा बर्पन नापित प्रथम, ५० केजी तौल समूहमा संगित कुमार श्रेष्ठ तेस्रो र ५० केजी तौल समूहमा निर्जल लुङ्गेली तेस्रो भएका छन् ।
नेपाली टोली २०८२÷०९÷२४ गते प्रतियोगिताका लागि भारतको आशाम प्रस्थान गरेको थियो भने २०८२÷०९÷३० गते राति स्वदेश फिर्ता भएको थियो ।
टोलीको यस उत्कृष्ट प्रदर्शनबाट प्रशिक्षक राम व्यञ्जनकारले हर्ष व्यक्त गर्नुभएको छ। प्रतियोगितामा सहभागी हुने क्रममा संघका अध्यक्ष रमेश पहरी तथा सम्पूर्ण कमिटी परिवारलाई दिएको वाचा अनुसार सबै खेलाडीले पदक जित्न सफल भएकोमा ब्रान्च चिफ केशव देसारले सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ।














