काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकाले तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व २८६२ सोनाम ल्होछार (ता ल्हो, घोडा वर्ग) को अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार आज माघ ४ गतेदेखी ६ गतेसम्म पालिकाभर सार्वजनिक बिदा दिइएको हो । सूचना अनुसार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक), सबै शैक्षिक संस्थाहरू तथा पालिका क्षेत्रभित्र सञ्चालित विभिन्न संघ–संस्थाहरूमा बिदा दिइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीद्वारा जारी सूचनामा ल्होछार पर्वको सुखद अवसरमा सम्पूर्ण रोशीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ। यस वर्षको सोनाम ल्होछारको मुख्य दिन माघ ५ गते परेको छ। तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ल्होछारलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । ल्होछारको. अवसरमा छिमेकि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि आजबाट लागु हुनेगरि तीन दिन स्थानीय बिदा दिएका छन् ।














