काभ्रे,
ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले काभ्रेभञ्ज्याङबाट ४ लाख ४८ हजार मुल्य बराबरको ८७ बोरा अवैध प्याज बरामद गरेको छ । चेकिङको क्रममा धरानबाट काठमाण्डौ तर्फ आउँदै गरेको म १ क ४०८ नम्बरको मिनि ट्रकबाट भन्सार ज्ञापन पत्र नभएको ८७ बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बरामद गरिएको उक्त प्याजको बजार मुल्य झन्डै ४ लाख ४८ हजार रहेको छ । ट्रक र बरामद भएको प्याज आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ ।