काभ्रे,रेडियो रोशी,
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) को विशिष्ट आतिथ्यतामा रोशी ७ स्थित रोशी माध्यामिक बिद्यालय प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । रोशी गाउँपालिकाको आयोजना तथा रोशी माध्यामिक बिद्यालयको समन्वयमा प्रतियोगिता सुरु भएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अतिथिहरुले खेलाडि टिमका क्याप्टेनलाई बल र रेफ्रिलाई सिठ्ठि हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए । प्रतियोगितामा गाउँपालिकाको टिम सहित गरेर ९ वटा टिम सहभागि भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा रोशी–९ मंगल जन विजय माध्यामिक बिद्यालय र रोशी–२ लक्ष्मीनारायण माध्यामिक बिद्यालय बिच प्रतिस्पर्धा भएको थियो । यो खेलमा मंगल जन बिजयसँग लक्ष्मीनारायण २५–८ र २५–१५ को सोझो सेटमा पराजित भएको छ । प्रतियोगिता भोलि समापन हुने बताईएको छ।
वडा नं ७ का वडा अध्यक्ष अशोक कुमार गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, वडा नं १० का वडा अध्यक्ष विकेन तामाङ, वडा नं ११ का वडा अध्यक्ष लाल कुमार पाख्रीन, प्रतियोगितामा सहभागि बिभिन्न बिद्यालयका शिक्षकहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।














