काभ्रे,
रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो १ बजेबाट राजमार्ग पूर्णरुपमा सुचारु भएको हो ।
रोशी खोलाको बाढीले हिजो राति करिब ९ बजेको समयमा माम्तीमा डाइभर्सन बगाएर बीपी राजमार्ग अवरुद्ध बनेको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको बताईएको छ ।
राजमार्ग अवरुद्ध हुदाँ पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।