Wednesday, June 24, 2026
Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

RadioRoshi by RadioRoshi
बुधबार, असार १०, २०८३
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ को लागि ७३ करोड ९६ लाख १८ हजार ६ सय ५७ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला) ले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले २०८२ असोज महिनामा आएको बाढीले सिर्जना गरेको प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई संबोधन गर्ने लक्ष सहित बजेट स्वीकृत गरेको हो ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

चालु आ.व का लागि गाउँसभाको १७ औ अधिवेशनबाट कुल रु. ७२ करोड ४ लाख ३७ हजारको आय स्वीकृत गरिएकोमा गाउँ सभाको १८ औं अधिवेशनबाट २०८२ असोज महिनामा आएको बाढीले सिर्जना गरेको प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई संबोधन गर्ने लक्ष्य सहित रु. १,९१,८०,९७८ को पूरक बजेट समेत गरी रु.७३,९६,१८,६५७ को आय व्यय स्वीकृत भएको हो ।

हालसम्म ६८ करोड ७५ लाख ७३ हजार आय भएको छ। त्यसै गरी हालसम्मको व्यय रु ५४ करोड ३६ लाख ७२ हजार भएकोमा चालु तर्फ ४३ करोड १४ लाख ६ हजार अर्थात चालु बजेटको ७९.२७ प्रतिशत र पुँजिगत तर्फ ११ करोड २२ लाख ६६ हजार अर्थात पुँजिगत बजेटको ५७.४६ प्रतिशत वित्तीय प्रगति भएको छ।

जसमध्ये आर्थिक विकास क्षेत्रमा ५३.८९ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८१.४२ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५८.१४ प्रतिशत र वनबातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा ६४.८६ प्रतिशत र संस्थागत विकास तथा सुशासन क्षेत्रमा ७०.७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सभामा पालिका अध्यक्ष दिनेश लामाले “समृद्ध रोशी, जनता खुसी” भन्ने लक्ष पुरा गर्न तयार पारीएको आगामी आर्थिक बर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध मिलाएको छ । संघीय सरकारले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका साथै निशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । महिला स्वास्थ्य स्वंयमसेविकाको लागि बिमा प्रिमियमको ५० प्रतिशत सरकारले बोहोर्दै आएकोमा रोशी गाउँपालिकाले थप सुविधा उपलव्ध गराएको हो । रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पनि निःशुल्क दिवा खाजाको व्यवस्था गर्ने भएको छ । यसका लागि ६९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । संघीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीको लागि मात्रै दिवा खाजा उपलव्ध गराउँदै आएको थियो ।

रोशी गाउँपालिकाले तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य पानी लेक जस्ता क्षेत्रहरूको संरक्षण र व्यवस्थापनका लागि कार्यविधि बनाएर समिति गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ती क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटक भित्र्याइने र पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध विस्तार गर्न पहल गरिने नीति लिइएको छ ।

बाढी र पहिरोबाट प्रताडित गाउँपालिकाले नीजि आवास पुनर्निर्माण र प्रबलिकरणलाई जोड दिँदै ६० लाख रकम विनियोजन गरेको छ । विगतका प्राकृतिक विपद् र बाढीपहिरोले पु¥याएको क्षतिको कुशल व्यवस्थापन गर्दै पालिकालाई समृद्ध बनाउने संकल्प गाउँपालिकाको छ ।

गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडा अध्यक्ष बसन्त कुमार स्याङ्तानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला) ले वार्षिक कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक र आर्थिक विधेयक, गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र लैङ्गिक हिंसा, मावन बेचविखन तथा ओसारपसार र घरेलु हिंसाका पीडितहरुको संरक्षणका लागि कोष र केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०८२÷०८३ को श्रावण १ गतेदेखि हालसम्म कुल विबाद दर्ता १७ वटा रहेको छ । जसमा मेलमिलापबाट विबाद समाधान ९ वटा, चालु अवस्थामा रहेको ५ वटा र फर्छौट भएको १२ वटा रहेको छ ।

Previous Post

रोशी गाउँपालिकामा भोलि शोक विदा

Next Post

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
Next Post

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कृषिजन्य उत्पादन बजारीकरणका लागि बेथानचोकको सहकारीलाई गाडी हस्तान्तरण

कृषिजन्य उत्पादन बजारीकरणका लागि बेथानचोकको सहकारीलाई गाडी हस्तान्तरण

बुधबार, बैशाख १३, २०८०
आज महाशिवरात्री पर्वः भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

आज महाशिवरात्री पर्वः भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

शुक्रबार, फाल्गुन २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.