काभ्रे,
नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट मंगलबार (आज) मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
निगमलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै भएको कारण अहिलेलाई मूल्य समायोजन गर्न नसकिने निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताउनुभयो ।