रोशी सहकर्मी–पौष २७,
कटुञ्जे/

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ रोशी गाउँ कार्यपालिका समितिको दोस्रो प्रतिनिधी सभा भब्यताका साथ सम्पन्न भएको छ । रोशी गाउँपालिका स्थित कटुञ्जेबेशीमा भएको गाउँकार्यपालिका स्तरिय प्रतिनिधी सभा नेपाली काँग्रेसमा नेता संबिधान सभा सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सभापति तिर्थ बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले शिक्षक भनेको समाजको शिक्षत वर्ग भएकोले समाज परिवर्तनको संबाहकको रुपमा शिक्षकहरु ललाग्नु पर्ने बताएका थिए । समाजको अग्रपङ्तीमा रहेको समाज सुधारक रहेको बताउँदै समाज परिवर्तन र रोशीको समृद्धीका लागि शिक्षकहरुले मुख्य भुमिका खेल्नु पर्ने तर्क गरेका थिए । त्यस्तै नेपाली काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाले अहिलेको सरकार परिवर्तनको बाधक रहेको बताउँदै शिक्षा क्षेत्रमा कम्युनिजमको नाममा अंकुस लगाउन खोजेको आरोप लगाएका थिए । कार्यक्रमा नेपाल शिक्षक संघका प्रदेश नम्बर ३ का अध्यक्ष नारायण प्रसाद तिमल्सिनाले हालको सरकार शिक्षा क्षेत्रको बाधक रहेको बताउँदै उनले शिक्षा मन्त्रीको राजिनामाको माग गरेका थिए । परिवर्तनका नाममा शिक्षा क्षेत्रलाई बिभिन्न बहानामा तहननहस बनाउन लागेको बताउँदै तहसनहस बनाउने सरकारका पात्रहरुलाई नेपाल शिक्षक संघले कुनै पनि हालतमा नछोड्ने बताएका थिए । कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मिकुमारी बर्तौला ले रोशीको शिक्षा क्षेत्रमा रोशी गाउँ पालिकाले भरपुर सहयोग गरेको बताउँदै अबका दिनमा पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रे जिल्ला अध्यक्ष राजेशराज महतले शिक्षक र शिक्षा क्षेत्रका सम्पुर्ण समस्याहरु हल गर्नकै निम्ती आफुहरुले कार्यक्रमहरु अगाडी बढाएको बताए थिए । कार्यक्रममा रोशी गाँउपालिका नेपाली कांग्रेसका सभापति लाल कुमार पाख्रीन, नेपाल शिक्षक संघ काभ्रे जिल्ला सचिब शम्भुप्रसाद घिमिरे, रोशी गाउँकार्यपालिका समिति अध्यक्ष बोधनाथ उप्रेती, रोशी गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष पदमबहादुर लामा,नेपाल शिक्षक महासंघ रोशीका उपाध्यक्ष सरोज सापकोटा, सचिब राजेन्द्रप्रसाद अधिकारी, शुसिलराज उप्रेती लगायतले शिक्षा क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका तर्फबाट आर्थिक प्रतिबेदन अर्थसचिब रमेशप्रसाद अधिकारी र बार्षिक प्रगती संस्थाको प्रतिबेदन सचिब सुवर्ण रायले प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरी निबृती भरण भएका रोशी गाउँपालिका वडा नम्बर ११ स्थित पोक्रा माबिका पूर्व प्रअ माधबबहादुर रायमाझीका साथै भर्खरै शिक्षक सेवा आयोग पास गरी रोशीका बिभिन्न बिद्यालयमा पोस्टिङ भएका नेपाल शिक्षक संघ सम्बद्ध शिक्षकहरुलाई प्रमाण पत्र, माला र खादाले सम्मान तथा बधाई ज्ञापन गरीएको थियो । कार्यक्रममा नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका गोकुल सिवाकोटी र दिपक चौलागांईलाई टिका माला लगाएर स्वागत समेत गरिएको थियो । संघका सचिब सुवर्ण रायले संचालन गरेको कार्यक्रम संघका अध्यक्ष बोधनाथ उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments