काभ्रे,
नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले प्रदेशलाई नमुनाको प्रदेश बनाउन निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । काभ्रे १ को प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराउदै सभापति लामाले यस्तो बताउँनुभएको हो । चुनाव जितेपछि काभ्रे जनताको मुहार फेर्ने उहाँको दावी छ । पार्टीको हीत र काभ्रे क्षेत्र नं १ (ख) का जनताको वर्तमानमा मात्र नभई भबिस्यमा पनि शिर झुक्न नदिने उहाँको भनाई छ । अरु क्षेत्रबाट आफूलाई उम्मेदवार बन्न आग्रह गरिएको भए पनि काभ्रे क्षेत्र नं १ भित्र बाट नै चुनाव लड्ने इच्छा रहेको उहाँले बताउँनुभयो ।
संसदीय फाँटमा २०७० मैं संबिधान सभा सदस्यको जिम्मेवारी सम्हाल्नुभएका सभापति लामा काभ्रे क्षेत्र नं १ प्रदेश सभा (ख) बाट चुनावी मैदानमा उत्रिसक्नुभएको छ । आम जनताले खोजेको बिषय प्रति आफू परिचित रहेको बताउदै उहाँले तमाम जनताको समस्या समाधान गर्न दिन रात नभनी लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आम नागरिकहरूको पटक–पटक प्रतिनिधित्व गर्ने अवसर पार्टीले दिएको प्रति उहाँले उच्च सम्मान ब्यक्त गर्नुभएको छ ।