रोशी सहकर्मी–माघ ५,
२०७६,तेमाल/

विधि, नीती र व्यवसनय प्रविधिमा एकरुपता, ठूलो पर्सेलको प्रतिवद्धता भन्ने मुल नाराका साथ तेमाल गाँउपालिका वडा नं ६ मा उद्योग तथा बाणिज्य अन्तरक्रिया र गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । तेमाल गाँउपालिका वडा नं ६ का वडा अभ्यक्ष बिकु लाल तामाङको अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा व्यवसाय दर्ता प्रकृया अन्तर्गत छलफल भएको थियो । छलफलमा व्यवसायीहरुलाई दर्ता पश्चात के कस्तो खालको थप सेवा सुविधा प्राप्त गर्न सक्छन् भन्ने बारे पनि जानकारी गराईएको थियो । सम्पुर्ण व्यवसायीहरु हरेक विधि र नितिमा एक रुपता कायम हुनु यस कार्यक्रमको उद्देश्य रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिकु लाल तामाङले तेमाल गाँउपालिका भरीमा पहिलो पटक नयाँ कार्यक्रम भएको बताए । “आर्थिक वर्ष २०७६÷०७७ बाट नै यो कार्यक्रम गर्ने भन्ने थियो”– लामाले भन्दै “कुल ६९ हजार बजेट मध्ये ५० हजार अन्य शिर्षकमा छुटुयाईएको छ र १९ हजार यस कार्यक्रममा खर्च भएको छ” । साथै उनले सुचना थाहा पाई अटेर गरी व्यवसाय दर्ता गर्न नआएका व्यवसायीहरुलाई वडाबाट उपलब्ध कुनै पनि सेवा सुविधाहरु कटौती हुने बताए । अन्तरक्रियामा वडा नं ६ का वडा सदस्यहरु व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box