रोशी सहकर्मी–माघ ७,
२०७६,तेमाल/

जिल्लाको तेमाल गाँउपालिकाले तामाङ समुदायको महान पर्व ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाँउपालिकाले एक सुचना निकाल्दै यसबारे जानकारी दिएको हो । २०७६ पौष २५ गते बेसेको छैटौ गाँउसभाको निर्णय अनुसार २८५६ औँ (जिवा ल्हो) मुसा वर्ष सोनाम ल्होछारको पावन अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको तेमाल गाँउपालिका भरिमा माघ १०, ११ र १२ गतेका दिन बिदा हुने सुचनामा उल्लेख छ । यस दिन तेमाल गाँउपालिका अन्तर्गत रहेका वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, लगायत सम्पुर्ण संघ संस्थाहरु बन्द हुने भनिएको छ ।
रेडियो रोशी सँग कुरा गर्दै तेमाल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले सो दिन बिदा दिने निर्णय भएको बताए । “तेमाल गाँउपालिकामा करीब ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ” भन्दै कुँईकेलले –“गाँउपालिका बासीले हर्सोल्लासका साथ मनाउन बिदा दिइएको हो ।” अघिल्लो वर्षमा पनि ३ दिन नै विदा दिएको बताँउदै सोही क्रमलाई निरन्तर्ता दिईएको उनले बताए ।
यस अघि सोनाम ल्होछार मनाउन भन्दै जिल्लाको रोशी गाँउपालिकाले पनि ३ दिन बिदा दिने घोषणा गरिसकेको छ ।

Facebook Comments Box