काभ्रे,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत बाबुआमा विहिन बालबालिका संग आबेदन माग गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९–८० मा प्रदेश शसर्त अनुदान तथा पालिकातर्फको कार्यक्रम अन्तर्गत बाबुआमा विहिन बालबालिका संरक्षणका लागि आवेदन माग गरिएको हो ।
गाउँपालिकाले आज एक सुचना जारि गर्दै १८ बर्ष सम्मका बाबुआमा दुबैको मृत्यु भएका बालबालिकाहरु ,दुबै बेपत्ता भएका वा दुबैको संरक्षण तथा रेखदेखबाट वन्चित बालबालिकाहरुले आजको मितिबाट १५ दिनभित्र सम्बन्धित वडा कार्यालयामा निवेदन दिन सकिने उल्लेख गरेको छ ।
आवेदनका लागि आवस्यक कागजातहरुः
१. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । (नागरिकता भएमा सो को प्रतिलिपि)
२. बाबुआमाको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि वा बाबुआमा बेपत्ता भएको वा दुबैको संरक्षण तथा रेखदेखबाट बन्चित भएको प्रमाणित कागजात । (सम्बन्धित वडा कार्यालयबाट)
३.५ बर्ष पुरा गरेका बालबालिकाको हकमा नियमित विद्यालय जाने गरेको भनि बिद्यालयले दिएको सिफारीस पत्र ।