रोशी सहकर्मी–माघ १४,
२०७६,काभ्रे/

इलाका प्रहरी कार्यालय बनेपाले २५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना नेतृत्वमा गएको प्रहरी टोलीले बनेपा नगरपालिकाका विभिन्न ठाउँबाट संकलन गरेको २५ सय लिटर मदिरा नष्ट गरेको हो ।
शान्ती सुरक्षा, झैझगडा, चोरी डकैती लगायतका घट्ना मदिरापानका कारण हुन थालेपछि अभियान कै रुपमा इलाकाले नष्ट गरिरहेको छ । इलाका प्रहरी प्रमुख तिमल्सिनाले तीन हप्ता अगाडि दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको जानकारी दिनुभयो ।

Facebook Comments