काभ्रे,
काभ्रेको महाभारत गाउँपालिकाले कुकुरको टोकाइबाट बच्न आग्रह गरेको छ । महाभारत गाउँपालिकाको दुईवटा वडामा मरेका पशुमा रेविज पुष्टि भएसंगै सचेत रहन गाउँपालिकाले आग्रह गरेको हो ।
वडा नम्बर १ गोकुले र ८ घर्तीछापमा कुकुरको टोकाईबाट मरेका गाईमा रेविज पुष्टि भएको छ । स्थानीय स्तरमा थप जोखिम फैलिन नदिनको लागि पशुपंक्षी विभाग महाभारत गाउँपालिका शाखाले खोप कार्यलाई तिब्र पारेको छ ।