काभ्रे,
बेथानचोक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने राष्ट्रिय मूल नाराका साथ महिलाहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाइएको छ । कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला समन्वय प्रमुख दिपक गौत
मको प्रमुख आथित्यतामा सञ्चालन गरिएको थियो भने गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, ग्रामीण विकास संस्थाका अध्यक्ष गिता शर्मा लगायतको आथित्यता रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ६ नै वडास्तरका कार्यक्रमहरु समापन पश्चात् गाउँपालिका स्तरीय वक्तृत्वकला कार्यक्रममा १९ जना महिला तथा किशोरीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा रोमिन वाईबाले प्रथम स्थान, सबिता दाहालले द्वितीय स्थान र रिमा थापाले तृतीय स्थान हासिल गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, गाउँपालिका अध्यक्ष भगवान अधिकारी उपाध्यक्ष तारा राना तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । बेथानचोक गाउँपालिकाले वर्षेनी लैङ्गिक हिंसा विरुद्धको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाइदै आएको छ ।