काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले अब्यवस्थित होर्डिङ बोर्ड तत्काल हटाउन निर्देशन दिएको छ । नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा होर्डिङ बोर्डहरु राखिएको भन्दै त्यस्ता होर्डिङ बोर्डहरु यथाशीघ्र हटाउन निर्देशन दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले जारी गर्नुभएको सूचनामा यस नगरपालिका अन्तर्गतका कतिपय क्षेत्रमा अव्यवस्थित रुपमा होर्डिङ बोर्डहरु राखिएको पाईएको हुँदा त्यस्ता होर्डिङ बोर्डहरु यथाशीघ्र हटाउन हुन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ । अव्यवस्थित रुपमा राखिएका होर्डिङ बोर्डहरु यथाशीघ्र नहटाईएमा प्रचलित कानून बमोजिम कार्वाही हुने व्यहोरा उल्लेख गरिएको छ ।