काभ्रे,देबराज,
नमोबुद्व नगरपालिका वडा नं.१ महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम संचालन गरिएको छ । नगरपालिका वडा नं. १ को आयोजना एवं सेस्डेक काभ्रेको सहकार्यमा आयोजित महिला विकास कार्यक्रम अन्तर्गत सेनेटरी प्याड निर्माण सम्बन्धि सातदिने सिप बिकास तालिमको आज नगरप्रमुख कुन्साङ लामाले उद्घाटन गर्नुभएको हो । वडाका महिलाहरुलाई उद्यमी एवं स्वरोजगारी बनाउनने उदेश्यले वडा नं. १ को बजेटबाट सिप विकास तालिमको आयोजना गरिएको वडा अध्यक्ष प्रेम लामाले जानकारी दिनुभएको छ । तालिममा वडा नं. १ का १७ जना महिलाहरु सहभागी भएका छन् । सिप सिके पश्चात कसैले व्यवसायीक रुपमा सेनेटरी प्याड उत्पादन एवं उद्योग खोल्न चाहेमा वडाले सहयोग गर्ने वडा अध्यक्ष लामाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।