काभ्रे,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज रिहा हुन लाग्नुभएको हो ।
हिजो राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर सन्दिपलाई थुनाबाट निकालिने अधिवक्ता सरोज घिमिरले बताउनुभयो । नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो ।