काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिका र नेवा संस्थाबिच बिभिन्न ५ वटा खानेपानी आयोजनाको लागि सम्झौता भएको छ । यहि आर्थिक बर्षभित्र सम्पन्न हुनेगरि कुल १ करोड ६५ लाख ८४ हजार १ सय ४६ रुपैयाको लागतमा गाउँपालिका र नेवा संस्थाबिच सम्झौता भएको हो । जसअन्तर्गत तल्लो रजबास, पिप्ले माम्तीडाँडा, ठुलोचौर पेप्टा, सन्धीखोला र माहाकाली देवी आयोजनाको लागि कुल १ करोड ६५ लाख ८४ हजार १ सय ४६ रुपैयाको अनुमानित लागत रहेको छ ।