रोशी सहकर्मी–फागुन २१,
२०७६,काभ्रे(बनेपा)/

जिल्लाको बनेपा नगरपालिकामा संचालित दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बनेपा नगरपालिका शिक्षा शाखाबाट संचालित प्रतियोगिताको बिजेता खेलाडिहरुलाई पुरुस्कार बितरण गरिदै मंगलबार समापन गरिएको हो । मंगलबार नगरपालिकामा बिजेता खेलाडीहरुलाई बनेपा नगरपालिका उप–प्रमुख रेखा दाहाल सापकोटाको प्रमुख अथित्यमा कार्यक्रम आयोजना गरी पुरुस्कार बितरण गरिएको थियो । बिजेता खेलाडीहरुलाई प्रमुख अथिति नगरपालिकाको उप प्रमुख दाहालले टिका, प्रमाण पत्र र मेडल लगाएर सम्मान गरिएको थियो ।
३ दिन सम्म संचालित प्रतियोगितामा कबड्डी, भलिवल र एथलेटिक्स खेलमा माबि तहका बिद्यालयहरुको खेलाडीहरु बिच प्रतिस्पर्धा भएको थियो । भलिवल खेलमा छात्रातर्फ आजाद मावि प्रथम र बेलरले दोस्रोमा स्थान हसिल गरेको थियो । भलिवलमै छात्र तर्फ बेलर प्रथम स्थान र दोस्रोमा बालनिकेतन माबिले हासिल गरेको थियो । कबड्डी खेलमा छात्रा तर्फको खेलमा शिक्षासदन माबिले पहिलो स्थान जित्न सकेको थियो भने दोस्रोमा चैतन्य माबिले जितेका थिए ।
त्यस्तै कबड्डी खेलमा छात्र तर्फ बेलरले पहिलो स्थान र निष्ट माविले दोस्रो स्थान हासिल गरेको थियो । सामुदायिक बिद्यालय १२ र निजि बिद्यालय ९ गरि २१ बिद्यालयले प्रतियोगितामा सहभागिता जनाएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रममा बनेपा नगरपालिकाका बिभिन्न वडाहरुको वडा अध्यक्षहरु, प्रमुख प्रशासकिया अधिकृत, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, बनेपा नगरपालिका प्रेश संयोजक लक्षमण तिसल्सिना, बनेपा राजस्व अधिकृत धु्रव नेपाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box