काभ्रे,
तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को बाह्रौ हिउँदे अधिवेशन भोलि २५ गते बुधबारका दिन हुने भएको छ । गाउँकार्यपालिकाको माघ २२ गते बसेको बैठकको निर्णय अनुसार भोलि २५ गते बुधबारको दिन अधिवेशन गर्ने निर्णय भएको हो । भोलि गाउँपालिकाको सभाहल मा बिहान ठिक ११ बजे बाट अधिवेशन सुरु हुने हुँदा तेमाल बासी सम्पुर्णलाई गाउँपालिकाले उपस्थित हुन अनुरोध गरेको छ ।
अधिवेशनमा आर्थिक बर्ष २०७९÷८० को अर्ध बार्षिक समिक्षा,आ.ब २०७९÷८० को बजेट तथा कार्यक्रम संशोधन एव विविध सम्बन्धका एजेण्डाहरुमा छलफल हुने गाउँपालिकाद्धारा जारी गरीएको सुचनामा उल्लेख गरिएको छ । भोलि गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु प्रभावित हुने बताइएको छ ।