काभ्रे,
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि रोशी गाउँपालिकाले निवेदन दिनको निम्ति सूचना प्रकाशन जारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०।८१ मा रोशी गाउँपालिका माताहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १५ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरुले २०७० फागुन मसान्त सम्ममा आफूले स्थायी वसोवास गरेको वडा कार्यालयमा निवदेन पेस गरी बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुनको लागि निवेदन दिनहुन सूचना प्रकाशन गरेको छ ।
निवेदन दिन आवश्यक कागजातहरु ः निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, निवेदकको १ प्रति पासपोर्ट साइजको फोटो, निवेदकको परिवारको अन्य सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रमाणपत्र वा नागरिकता नभएको हद मा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, विवाहित महिला तथा बसाई सराई गरेको अवस्था भएमा विवाह दर्ता तथा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि ल्याउनहुन अनुरोध गरीएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो ।