काभ्रे,
उपराष्ट्रपति पदका लागि आज मतदान हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा रहेका छन् ।
मतदानाको नतिजा आजै साँझ ७ बजेभित्र सार्वजनिक गर्ने तयारी गरेको प्रमुख मतदान अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० सांसदले मतदान गर्नेछन् ।