काभ्रे,
काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ मा बन्ने २ लाख लिटर क्षमताको पानि ट्यांकीको शिलान्यास गरिएको छ । संघीय सरकारको बजेटमा निर्माण प्रारम्भ गरिएका गर्न लागिएको हो । काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत २ लाख लिटर क्षमताको ट्यांकीको आज नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गर्नुभएको हो ।
आयोजनाले नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० घरधुरी लाभान्वित हुनेछन् । २०८१ साल मंसिर २३ गतेभित्र आयोजनाको काम सम्पन्न गर्नेगरि निर्माण कम्पनि उच्चकोटी–अमर–नवआर्दश जेभीसँग सम्झौता भएको छ ।