काभ्रे,
आज गोरखा भूकम्पको आठौँ स्मृति दिवस मनाइँदैछ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर बैशाख १२ गते बिहान ११ बजे ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको सम्झनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दातृ तथा सहयोगी निकायसँगको समन्वयमा आज र भोलि दुई दिने गोष्ठी गर्दैछ । त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि कार्यक्रम गर्दैछ । भूकम्प गएको ८ वर्षको अवधिमा अझै करिब एक लाख घरको पुननिर्माण हुन बाँकी छ भने धरहरालगायतका ऐतिहासिक संरचनाको पुननिर्माण पूर्ण रुपमा सकिएको छैन ।