काभ्रे,
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित निश्चित भएको छ । केहि बेर अघि सार्बजनिक गरीएको बिबरण अनुसार लामिछानेले ४५ हजार ८ सय ४२ प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । चितवन –२ मा अस्ति भएको उपनिर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ८ हजार ४ ३२ मत, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गर्नुभएको छ ।