काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध चैत्य अगाडी निर्माण भएका संरचना ७ दिनेभित्र हटाइने भएको छ । नमोबुद्ध मन्दिर परिसरलाई व्यवस्थित बनाउनको लागि आज नगरप्रमुख कुनसाङ लामा,प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा अध्यक्षलगायत अन्य सरोकारवालाहरुको सहभागितामा गरिएको बैठकले नमोबुद्ध चैत्य अगाडी निर्माण भएको संरचना ७ दिनभित्र हटाउने निर्णय गरेको हो ।

बैठकमा नगरप्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्ष, पुरातत्व विभागका अधिकारीहरु सहभागिता थिए । बैठकले पुरातत्व विभाग समेतको उपस्थितीमा मुर्ति व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।