काभ्रे,देबराज उप्रेती,
तेमाल गाउँपालिका वडा नः ३ का वडाअध्यक्ष बिस्णु बहादुर तामाङले वडाभित्र विकास निर्माणका योजनाहरु लाई तिब्रता दिँदै जानुभएको छ । वडाअध्यक्ष तामाङले वडाभित्रका जनताहरुको माग अनुरुप विकासका योजनाहरुलाई तिब्र गतिमा अघि बढाउनुभएको हो । आ. ब. २०७९÷८० को बार्षिक बिकास योजना अन्तर्गत केन्द्रीय ,प्रदेश, वडा तथा पालिका स्तरीय बजेटबाट ९५% प्रतिशत योजना कार्य वडा अध्यक्ष बिष्णु ब. तामाङको सक्रियतामा सम्पन्न भएको छ ।
यस्ता छनडा अध्यक्ष तामाङले छोटो समयमा सम्पन्न गर्नुभएको मुख्यमुख्य योजनाहरुः
१. सुनकोशि नदि स्थित तेमाल बृहत खाने पानी ट्याङ्की संरक्षणका लागि नदि नियन्त्रण गर्न ग्याबिन वाल कार्य अन्तिम चरणमा ।।
२. चैथली माझिबस्ती महादेव स्थान ट्रस निर्माण कार्य सम्पन्न ।।
३. कुँडुवाल पन्चबुद्ध गुम्बा एक तल्ला भवन निर्माण कार्य सम्पन्न ।।
४.श्री कालि देवी प्रा.बि आंगन ग्याबिन,घेराबार सम्पन्न ।।
५. चेप्टेढुङ्गा गुरु रेम्पोछे मुर्ति निर्माण कार्य सम्पन्न ।।
६. सरमथली स्वास्थ्य चौकि भवन हस्पिटल तिव्र गतिमा निर्माण हुदै ।।
७. पचुवारघाट सरमथली चैथली कुँडुवाल चेप्टेढुङ्गा पालिका जाने सडक सोलिङ,ढालन कार्य तिब्र गतिमा हुँदै ।।
८.चेप्टेढुङ्गा थार्प छ्योईलिङ गुम्बा निर्माण कार्य हुदै ।।
यसका साथसाथै अन्य थुप्रै योजनाहरु सम्पन्न भईसकेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।