काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका सबैभन्दा बढि बेरुजु हुने पालिका बनेको छ । महालेखा परीषकको ६० औँ प्रतिवेदन अनुसार जिल्लाको १३ वटा स्थानीय तह मध्ये पनौती नगरपालिका सबैभन्दा बढि बेरुजु हुने पालिका बनेको हो । नगरपालिकाको ११.२९ प्रतिशत रकम बेरुजु रहेको छ । पाँचखाल नगरपालिकाको बेरुजु १.४२ प्रतिशत, बनेपा नगरपालिकाको १.९२ प्रतिशत रकम बेरुजु भएको छ । नमोबुद्ध नगरपालिकाको २.२ प्रतिशत, मण्डनदेउपुर नगरपालिकाको ३.१२ प्रतिशत र धुलिखेल नगरपालिकाको ४.३३ रकम बेरुजु रहेको महालेखा परीषकको कार्यालयले जनाएको छ ।
जिल्लाकोे सबैभन्दा कम बेरुजु हुने पालिकामा महाभारत गाउँपालिका परेको छ । गाउँपालिकाको ०.२६ प्रतिशत मात्रै बेरुजु देखिएको छ । प्रतिवेदन अनुसार सात वटा गाउँपालिका मध्ये दोस्रो नम्बरमा तेमाल गाउँपालिका रहेको छ । तेमालको बेरुजु रकम ०.७६ प्रतिशत रहेको छ । रोशी गाउँपालिकाको १.२ प्रतिशत बेरुजु रकम रहेको छ । चौरीदेउराली गाउँपालिकाको १.९२ ,खानीखोला गाउँपालिकाको २.३३ प्रतिशत, बेथानचोक गाउँपालिकाको २.८२ प्रतिशत र भुम्लु गाउँपालिकाको ४.०५ प्रतिशत, रकम बेरुजु रहेको महालेखा परीषकको कार्यालयले जनाएको छ ।