रोशी सहकर्मी–चैत्र १९,
२०७६,पनौती/

पनौती नगरपालिका वडाले विपन्न, अशक्त, आयआर्जन नभएका तथा मजदुरहरुलाई राहत वितरण गरेको छ । पनौती नगरपालिका वडा न ७ ले १०५ विपन्न, अशक्त र आयआर्जन नभएका परिवारलाई राहत वितरण गरेको हो ।
कोरोना भाइरसको त्रासका कारण मुलुकभर लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर खाने परिवार प्रभावित भएपछि दैनिक उपभोग्य वस्तु वितरण गरेको वडाले जनाएको छ ।

वडा अध्यक्ष रामचन्द्र नास्नानीले आज एक कार्यक्रमका बीच वडा कार्यालयबाट राहत वितरण गर्नुभएको थियो । वडा सस्दय पुरुषोत्तम कर्मचार्यले प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, तोरीको तेल एक लिटर, चिनी एक केजी, नुन एक पाकेट, चियापत्ती एक पाकेट वितरण गरेको जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा वडा सदस्यहरु जीवनरघु श्रेष्ठ, सुर्वणमैया कर्मचार्य र अमला परियारको सहभागिता रहेको थियो ।

Facebook Comments