रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

रोशी गाउँपालिका वडा नं ६ ले तत्काल राहत वितरण नगर्ने निर्णय गरेको छ । वडा स्तरिय विपद व्यवस्थापन समितिको बैठकको निर्णय सार्वजनिक गर्दै संयोजक पदम बहादुर लामाले यस्तो बताएका हुन् ।

चैत्र २१ गते बसेको समितिको बैठकले कोरोना भाईरस अर्थात कोभिड १९ को संभावित संक्रमणका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जिवनयापनको लागि स्थानिय तहबाट राहत उपलब्ध गराउने गरि नेपाल सरकार, मन्त्रिपरिषदबाट निर्णय कार्यन्वयन गर्न तयार गरिएको राहत सम्बन्धि मापदण्ड २०७६, जारी गरिएअनुसार यस रोशी गाउँपालिका वडा नं ६ मा राहत वितरण गर्नुपर्ने अवस्था तत्काल नरहेको तथा नेपाल सरकार, अर्थ मन्त्रालयले जारी गरेको मापदण्ड–२०७६ बमोजिम वडा नं ६ उक्त मापदण्ड भित्र नपर्ने भएकाले तत्काल राहत वितरण गर्नुपर्ने नदेखिएका कारण राहत वितरण नगर्ने निर्णय भएको छ ।

साथै, नेपाल सरकार, अर्थ मान्त्रालयले राहत वितरण सम्बन्धि मापदण्ड–२०७६ अर्को परिमार्जित भएको खण्डमा सोहि बमोजिम राहत वितरण गर्ने पनि निर्णय भएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

Facebook Comments