रोशी सहकर्मी–चैत्र २७,
२०७६,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाका अनुसार लक डाउनको समयमा बजारमा खाद्यान्न अभाव हुन नदिनका निमित्त मौज्दात खाद्य सामग्री कति मात्रामा छ भन्ने तथ्याङ्क निकाल्ने काम भएको बताए ।

लकडाउनको अबधिभर बजारमा खाद्यान्न अभाव भएमा नगरले आवश्यकता अनुसार परिपुर्ति गर्ने उनको भनाई छ । यस अघि बजारमा सामग्री किन्न जाँदा सामाजिक दुरी कायम गर्न सबै पसलहरुमा रेखा कोरीएको थियो ।

अनुगमनमा वडा नं ७ का वडा अध्यक्ष धर्म लामा, सामाजिक परिचालक संयोजक श्याम खनाल, नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसु नारायण श्रोष्ठ, भकुण्डे प्रहरी चौकीका ईन्चार्ज अशोक महतो लगायतको उपस्थितिमा बजार अनुगमन गरीएको हो ।

तर बजारमा खाद्यान्न खरीद गर्न आएका उपभोक्ताहरुले भने पसलमा मुल्यसुची राख्नु पर्ने बताए । पहिलेको तुलनामा अहिले हरेका सामग्रीमा बढि मुल्य लिने गरेको ग्राहकहरुको गुनासो छ ।

Facebook Comments Box