रोशी सहकर्मी–चैत्र २७,
२०७६,काभ्रे/

जिल्ला दक्षिण भेगमा अवस्थित समुन्द्री सतहबाट ३०१८ मिटर अग्लो स्थानमा चैत्र पुर्णिमा हनुमान जयन्तीको अवसर पारेर बेथानचोक नारायणस्थानमा नारायणको मुर्ति स्थापना गरिएको छ ।

बेथानचोक गाउपालिका वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठको अगुवाईमा उक्त मुर्ति स्थापना गरेको थियो । पनौती श्रीराम पाटी प्यालेसका प्रोपाईटर लक्ष्मण थापाले १०८ के।जि भन्दा बढिको मुर्ति उपलव्ध गराएको ३ वडाअध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार मन्दिर परिसरमा एउटा ठुलो ढुंगा छ, त्यस ढुंगामा कालिगढ ल्याएर नारायणको मुर्ति कोर्ने कुरा पनि व्यक्त गरे । ३ फिटको उचाईमा रहेको मुर्ति राखिएको हो ।

Facebook Comments