काभ्रे,
सोलुखुम्बुबाट काठमाडौंका लागि उउको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बुको लामजुराको डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो । सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी ।