यश कुमार परियार–बैशाख २६,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ का ६८ घर परिवारलाई नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले राहत सामग्री हस्ताण्तरण गरेको छ । महाभारत गाउँपालिका वडा नं ७ मा पर्ने बनखु सल्लेनी गाउँमा रहेका ६८ घर परिवारलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष युनिक दोङ, सचिब मिलन दोङ र कोषाध्यक्ष ज्ञान लामाले संयुक्त जानकारी दिए ।

विश्व महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरसका कारण लकडाउन भईरहेको अबस्थामा संघले दुर्गम ठाउँ महाभारतमा राहत बितरण गरेको हो ।

उक्त राहत बितरणमा नेपालबाट नेपाल तामाङ कलाकार संघका कलाकार रमित लामा, बिजय थोकर र स्थानीय बासिन्द जगत मोक्तानले सहयोग गरेका थिए ।

रेडियो रोशी सँग कुरा गर्दै संघका अध्यक्ष युनिक दोङले यस्तो आपतकालिन अबस्थामा हामी सबैले एक अर्कालाई सरसहयोग गर्नु पर्छ भन्दै आवश्यक परेको अवस्थामा थप सहयोग गर्दै जाने बताए ।

Facebook Comments