रोशी सहकर्मी–जेठ १,
२०७७,काभ्रे/

कोरोना संक्रमितको संख्या बढिरहेको कारण बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको छ ।
सरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रूपमा घर बाहिर निस्किने र कामविना लकडाउन उल्लंघन गर्दै हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको हो ।

प्रदेशका सबै जिल्लामा (उपत्यकाबाहेक) ११ चैतदेखि लकडाउन उल्लंघन गर्ने १० हजार ९२ वटा सवारीसाधन र ४ हजार ८ सय २० मानिस कारबाहीमा परेका छन् ।

काभ्रे जिल्लामा आज मात्र ३४ सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । कोरोनाका बिरामी बढ्दै गएपछि अनावश्यक सडकमा निस्कने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले लकडाउन उल्लंघन गर्ने मोटरसाइकल ३०, कार र स्कर्पियो २/२ वटा नियन्त्रणमा लिएको थियो । विगत २ दिनदेखि एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments